पाँच करोडको योजना दिन नसक्दा बलात्कारको भिडियो बाहिर ल्याए : मन्त्री शाही

काठमाडौं । बलात्कार आरोपित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसकदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् ।

‘मन्त्रीमाथि बलात्कार आरोप’ शीर्षकमा समाचार प्रकाशित भएपछि कृषिमन्त्री शाहीले यसरी पीडित पक्षलाई विभिन्न् आरोप लगाएका छन् । मन्त्री शाहीले पीडित युवतीका पतिले विभिन्न व्यक्तिबाट कमिसन लिएको, एक गाउँपालिका उपाध्यक्षसँग आफ्नो सम्बन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै अपहरण गरेको लगायतको आरोप लगाएका छन् । मन्त्री शाहीले पीडित पक्षलाई विभिन्न आरोप लगाएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

‘आफू मन्त्री भएपछि पीडित महिलाका पतिले ५ करोडको योजना मागेको थियो । योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गर्यो,’ मन्त्रीको अडियो रेकर्डमा भनिएको छ, ‘स्वाकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो।’ मन्त्री शाहीले पीडित महिलाका पतिले विभिन्न व्यक्तिबाट झन्डै ५० लाख रुपैयाँ नगद लिएको दाबी गरेका छन् । 

उनले अडियोमा भनेअनुसार कालीकोटको शुभकालिका गाउँपालिका ६ का वस्रेन्द्र आचार्यबाट कृषि भवनको योजना पारिदिने भन्दै ५ लाख रुपैयाँ लिएको , सोही वडाका माओवादी नेता दर्शन भनिनेबाट ६ लाख रुपौयाँ लिएको, शुभकालिका गाउँपालिका ६ हाउडीको सडक सर्भे गरेबापत ९ लाख रुपैयाँ पलएको उल्लेख छ ।नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...