जोगीको भेषमा भारतका जनता लुट्ने मोदी भए विश्वकै लोकप्रिय नेता

काठमाडौं । जोगीको भेषमा भारका जनता लुटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।

मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची सार्वजनिक गरेको हो । प्रत्येक साता यो एजेन्सीले नयाँ सूची सार्वजनिक गर्छ । ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा छन् ।

मेक्सिकोका राष्ट्रपति एंड्रेस म्यानुअल लोपेज, इटालेली प्रधानमन्त्री मारियो ड्रागी, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलियन राष्ट्रपति जोइर बोल्सेनारोलाई मोदीले उछिनेका छन् ।

अन्य विश्व नेताभन्दा मोदीलाई अस्वीकार गर्ने रेटिङ पनि न्यून छ । एक अधययनमा भारतका २५ प्रतिशत भारतीय एडल्ट नागरिकले मात्र मोदीलाई रुचाउँदैनन् । गतवर्षको जुनमा मोदीको अप्रुभल रेटिङ ६६ प्रतिशतले गिरावट भएको थियो ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...