जेठ दुईमा एमाले नर्फकने भएपछि नेकपा एसतिर भकाभक लाग्न थाले सांसदहरु

बाजुरा । सुदूरपश्चिम प्रदेशमा आइतबार एमाले छाडेका एक सांसदले आफूले एमाले छाड्नु परेको कारणबारे खुलेर कुरा गरेका छन् । सांसद तारालामा तामाङले पार्टी २ जेठ २०७५ नफर्किएपछि आफू नयाँ पार्टीमा लागेको बताएका हुन् ।

‘खासगरि माधव कमरेडले २०७५ जेठ २ मा पाटीलाई फर्काउनुपर्छ भन्दा–भन्दा यो स्थानमा आइपुगेका छौँ,’ प्रदेश निर्वाचन कार्यालय धनगढीमा समाजवादीका पक्षमा सनाखत गरेपछि तामाङले बताएका छन् ।

‘यो पार्टी विभाजन भन्दा पनि पाटीभित्र हेपिएका, चेपिएका, फालिएका हरुको संरक्षणका लागि गठन भएको  पाटी हो ।’ जेठ २ अघि कञ्चनपुर जिल्लाको एमाले अध्यक्ष समेत रहेका सांसद तामाङले जेठ २ को कमिटी फर्काउन सर्कुलर आएको भए एमाले पाटीभित्र रहन सोच्न नैतिक संकट पर्ने बताए । 

‘जेठ २ को कमिटी फर्काउन सञ्चालन गर भनेर आएको भए, मलाई नैतिक संकट पथ्र्याे । तर, नेताहरुलाई फोन गर्दा हो भन्ने उनीहरुको आफ्ना ऐजेन्ट वा मान्छेहरु केन्द्रमा माधव, झलनाथ रहित पार्टी बनाउने लक्ष्य थियो । त्यसैगरी कञ्चनपुरमा पनि तारालामा तामाङ रहित बनाउने लक्ष्य थियो,’ उनले भनेका छन् ।

तामाङले अरु सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको पाँच दिनपछि सनाखत गरेका हुन् ।

सनाखत पछि प्रतिक्रिया दिदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले आफूहरु प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ । समाजवादीमा खुलेका पूर्व राज्यमन्त्री रावलले पनि आफूहरु केपी ओलीको प्रतिगमन विरुद्ध रहेकोले सो दल त्यागेर नेकपा एकिकृत समाजवादीमा सामेल भएको प्रतिक्रिया दिए ।

अव सुदूरपश्चिममा एकिकृत समाजवादीका पक्षमा अव १३ जना प्रदेश सभा सदस्य भएका छन् । अव नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका छन् । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।

प्रदेश सभामा अव नेपाली काँग्रेसका १२, एमालेका ११ र तत्कालिन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरा हटाएपछि अब ५२ जना छन् ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...