नेकपा एसको प्रश्न, ओली को हुन् जो हामीलाई संसद छिर्न नदिने भन्दैछन् ?

काठमाडौं । आफ्ना पार्टीका सांसदलाई संसदमा स्वीकार नगर्ने एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ।

संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको निर्णयको विरोध गर्ने भएको हो।

बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले आफूले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले पार्टीको मान्यता दिएको भन्दै सभामुख र समाजवादीलाई अस्वीकार गर्ने घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

एकीकृत समाजवादीको संसदीय दलको बैठकपछि सांसद विरोध खतिवडाले भने, ‘हामीलाई संसद छिर्न नदिने केपी ओली को हुन्? उनले अझै पनि आफूलाई संविधान, कानुन, नियमावलीभन्दा माथि राख्न चाहन्छ। त्यो हामीलाई स्वीकार्य छैन। त्यस्ता कुराको हामी प्रतिवाद गर्छौ। जस्तालाई त्यस्तै जवाफ दिन्छौँ।’

एकीकृत समाजवादी संसदीय दलको बैठकले संसदमा प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए।

एमाले विभाजन भइ भदौ ९ गते एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाएको थियो।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...