ओलीले सुमारसँग भने, सरकारको धारणापछि एमसीसीबारे सोचौंला

काठमाडौँ । नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबारै भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन् ।

सो भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए ।

उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए । उनले सरकारले धारणा बनाएपछि एमालेले पनि आफ्नो धारणा बनाउने जवाफ एमसीसी प्रतिनिधिमण्डललाई दिएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो । तर तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए । अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन् ।

सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्व अडान परिवर्तन गरेका छन् । उनले देउवा सरकारसँग बहुमत छ अनुमोदन गरे भैगो नि भन्ने गरेका छन् ।

नेपालमा रहँदा एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने छ । पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेको हो ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...