टुँडिखेलमा नेपाली सेनाले विभिन्न कला प्रदर्शन गरी घोडेजात्र मनाइँदै

काठमाडौं । काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा नेपाली सेनाले विभिन्न कला प्रदर्शन गरी घोडेजात्र मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरि जात्रमनाइँदै छन् ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । त्यसैले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भ्रमण स्थानीयवासीमा रहिरह्यो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिदै आइँरहेको छ । शहरका कुनै पनि बालबालिका माथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीले गरेकाले घोडेजात्र मनाउँदै आईरहेको छ ।

काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर आजै घोडेजात्रा मनाउने परम्परा छ । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिकले हेर्नु यो जात्राको विशेषता हो । कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।