ओली भन्छन्, एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याँचा?

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याँचा? भनी सरकारको आलोचना गरेका छन् ।

साथै उनले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेकासमेत गरेका छन्।

बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने बताए।

उनले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे। उनले भने, ‘गुरूरू दगुरेर गएर प्रस्ताव पेश गर्न हुन्छ भने पास गर्न सकिँदैन?, सरकारसँग एक कप चिया खाने पैसा छैन, बुख्याँचा हो कि सरकार हो?’

उनले एमालेले गरेको विकासको काम देख्न नसकेर सरकार ढलाउन लागिपरेको बताए।

‘माओवादीका प्रचण्डले पार्टी विघटन गर्दिन्छु भन्नुभो, ठीक भन्नुभो, माओवादी मिलेर प्रचण्ड गुट मात्रै बाहिरिएको हो,’ उनले भने- ‘थुप्रै नेताहरू एकीकृत पार्टीमै हुनुहुन्छ, बाक्लो दाल खान गएकाहरू पुर्पुरोमा हात लगाएर के सोचे मैले के भयो अहिले पो भो!’

‘प्रचण्डले हुँदैन कि भनेर खुट्टा कमाउँदा माधवकुमार नेपाल नै हो, पार्टी र सरकार ढाल्ने, खुट्टा कमाउने हैन भनेर यहाँसम्म ल्याए,’ उनले ठट्यौली शैलीमा भने, ‘मौरीको साथ लागेर गए फूलबारी बगैँचामा पुगिन्छ, झिँगाको साथ लागे फोहोरको डंगुरमा पुगिन्छ, कहाँ पुग्ने हो, एमालेसँग कि झिगासँग?’

उनले थपे- ‘पार्टीको आन्तरिक लोकतन्त्र  भएको र जनताको बहुदलीय जनवादलाई लिएर अघि बढ्ने पार्टी हो एमाले। सरकारको बुद्धिमा बिर्को लागेको छ, बजेट खर्च गर्न नमिल्ने भैसक्यो, संसद ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको?’

अधिकांश समय माधवकुमार नेपालको आलोचनामा बिताएका उनले गरीबको आँसुले पोल्ने बताए। ‘एमाले विभाजन गर्न जालझेल गरेका माधव नेपाललाई गरीबको आँसुले पोल्छ, जसले पार्टी छोड्यो त्यसले हो क्षति भोग्ने,’ उनले भने, ‘पिलो निचोरिँदैमा ओजन घटेको हुन्न, नाचेर हाँसीखुसी पार्टी बनाउनुस्।’

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...