६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा । धनुषाको धनुषाधाम नगरपालिका-५(पर्वता)का एक वृद्धलाई, १२ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।

६० वर्षीय ती बृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय धनुषाधाम अनुसार केहि दिन पहिले दिउसो १०:११ बजे बलात्कार भएको थियो। प्रारम्भिक अनुसन्धानमा धनुषाधाम नगरपालिका-५(पर्वता)का पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको खुलेको हो। 

सोमबार राती धनुषाधाम प्रहरीले मण्डलाई घरबाट नै पक्राउ गरेको छ। पक्राउ परेका ती व्यक्तिलाई ईलाका प्रहरी कार्यालय धनुषाधाममा राखी अनुसन्धान सुरु गरिएको छ। उनीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाईएको ईलाका प्रहरी कार्यालय धनुषाधामका ईन्चार्ज सुरेश ठाकुरले बताए। 

ती व्यक्तिले जवरजस्ती करणी गरिरहेको भिडियो एक स्थानीय युवकले मोबाईलमा कैद गरेका थिए। उनले कैद गरेको भिडियो स्थानिय स्तरमा भाईरल भएपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पिडित परिवारले बताए। पिडित बालिकालाई मेडिकलको लागि प्रादेशिक अस्पताल ल्याइएपनि स्वास्थ्य परिक्षण हुन नसकेको पिडित परिवारले जनाएको छ। यता, धनुषाधाम ५ का वडा अध्यक्ष इन्दल महतोले घटनासँग जोडिएकाहरुको कानूनी कारवाही हुनु पर्नेमा जोड दिएका छन्।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...