दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय पायो कि बस भाइ काैडा हान्न । झापाको दमकस्थित एउटा घरमा सञ्चालन भएको जुवा (काैडा) अखडामा छापा मारेर प्रहरीले गएराति १७ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकले कौडा र नगदसहित गएराति पौने १२ बजे उनीहरुलाई समातेको हो।

पक्राउ पर्नेमा भद्रपुरका विनोद थेवे, युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका मोहन बराल र सुनिल साह, मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी र रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत र गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई र राजन दाहाल छन्। 

जुवाको अखडाबाट भाग्ने क्रममा एकजना लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमक-१ का हिमाल देवानको घरमा प्रहरीले छापा मारेर जुवाडे समातेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।

देवानको घर कम्पाउण्डको पछाडिपट्टि कोठामा जुवाजन्य खेल कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये भद्रपुर-१० का ठाकुरप्रसाद निरौला घाइते भएका छन्। भाग्ने क्रममा उनी लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...