८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडकखण्डमा गाँजा बोकी आइरहेका तस्करहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँजा छाडेर भागेका थिए।

उनीहरुमध्ये रुम्बा पक्राउ परेको तथा अन्य तस्करहरु भने फरार भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

तस्करहरुले फालेको चार बोरामा रहेको ८३ किलो गाँजासहित बा ३७ प ९६८१ नम्बरको एक थान मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए। फरार भएकाहरुको खोजी कार्य भइरहेको मिश्रले बताए।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।