सर्वोत्तम स्टिल कम्पनीमा करेन्ट लागी ‘बाल मजदूर’ले गुमाए ज्यान

वीरगञ्ज । वीरगञ्जमा रहेको सर्वोत्तम स्टिल प्रालिमा कार्यरत एक भारतीय बाल मजदूरको करेन्ट लागेर मृत्यु भएको छ।

वीरगञ्ज–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिल प्रा.लिमा काम गर्ने भारतीय कामदार १६ वर्षीय सचिन कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार कारखानामा रहेको गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भइ करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका सचिनको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको खनालले बताए। सर्वोत्तम स्टिलमा गत भदौ १० गते फलाम गलाउने सिसिएम भट्टी विस्फोट हुँदा जलेर १५ जना घाइते भएका थिए। तीमध्ये पाँच जना भारतीय मजदूरको पटनामा उपचारको क्रममा मृत्यु भएको थियो।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...