अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ।

आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ।

भेटमा सुदूर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ।

साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको हो। यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराए।

यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ ‘कोप २६’ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ।

+ posts

सम्वन्धित समाचार

पाँच करोडको लागतमा निर्माण भएको पुल बन्न नपाउँदै भत्कियो

काठमाडौं । नेपालको विकास कुन गतिले अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि गरिदिएको छ भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी जोड्ने कावा खोलामाथि...

हेलो नेपाल स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको...

ताजा समाचार

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

राष्ट्रिय जनगणना २०७८, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य...

ओली भन्छन्, मलाई असफल बनाउन खोज्नेहरु देउवाको खुट्टा समातिरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरु (माधव नेपालहरु) देउवाको खुट्टा समाउन पुगेको कटाक्ष गरेका छन् । नेकपा...