‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन्।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बतका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै एकीकृत समाजवादीका सचिवसमेत रहेकी उनले विकासका योजनाबिना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गरिन्।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट सहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन्। 

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफूले सोच बनाएको मन्त्री झाँक्रीले बताइन्। 
    
सो क्रममा उनले बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै पार्टीमा लामबद्ध भएकालाई आफूहरूले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गरिन्।

+ posts

सम्वन्धित समाचार

पाँच करोडको लागतमा निर्माण भएको पुल बन्न नपाउँदै भत्कियो

काठमाडौं । नेपालको विकास कुन गतिले अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि गरिदिएको छ भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी जोड्ने कावा खोलामाथि...

हेलो नेपाल स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको...

ताजा समाचार

पाँच करोडको लागतमा निर्माण भएको पुल बन्न नपाउँदै भत्कियो

काठमाडौं । नेपालको विकास कुन गतिले अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि गरिदिएको छ भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी जोड्ने कावा खोलामाथि...

हेलो नेपाल स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको...

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

राष्ट्रिय जनगणना २०७८, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य...

ओली भन्छन्, मलाई असफल बनाउन खोज्नेहरु देउवाको खुट्टा समातिरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरु (माधव नेपालहरु) देउवाको खुट्टा समाउन पुगेको कटाक्ष गरेका छन् । नेकपा...