माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ।

बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

माटोको ढिस्कोमा पुरिएर धनगढीमाई नगरपालिका–५ का प्रकाश कामतकी ११ वर्षीया छोरी करिश्माको मृत्यु भएको हो।

त्यस्तै, ढिस्कोमा परी ३० वर्षीया ममता कामत, ७ वर्षीया सरिता महतो, ७ वर्षीया सविता यादव, १० वर्षीया नेहाकुमारी कामत, ११ वर्षीया रुविकुमारी कामत, २५ वर्षीया सीतादेवी कामत रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरिएको तथा बाँकीको जिल्लाकै अस्पतालमा उपचार भइरहेको प्रवक्ता बुढाथोकीले बताए।

+ posts

सम्वन्धित समाचार

पाँच करोडको लागतमा निर्माण भएको पुल बन्न नपाउँदै भत्कियो

काठमाडौं । नेपालको विकास कुन गतिले अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि गरिदिएको छ भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी जोड्ने कावा खोलामाथि...

हेलो नेपाल स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको...

ताजा समाचार

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

राष्ट्रिय जनगणना २०७८, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य...

ओली भन्छन्, मलाई असफल बनाउन खोज्नेहरु देउवाको खुट्टा समातिरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरु (माधव नेपालहरु) देउवाको खुट्टा समाउन पुगेको कटाक्ष गरेका छन् । नेकपा...