घरजग्गाको मुल्य घटेको राष्ट्र वैकको तर्क

काठमाडौं । घरजग्गाको मूल्य वृृद्धिदर घटेको छ । कोभिड महामारीसँगै कारोबारमा मन्दी आएका कारण मूल्यवृद्धिसमेत घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले पहिलोपटक गरेको घरजग्गाको मूल्य सर्वेक्षणमा घरजग्गाको मुद्रास्फीति घटेको हो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–०७७ मा वाणिज्य बैंकको मूल्यांकनका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयको कारोबारका आधारमा १९–७३ प्रतिशत छ । आर्थिक वर्ष २०७७–०७८ को पहिलो नौ महिनामा बैंकको मूल्यांकनमा १६.३१ र मालपोत कारोबारमा १२।५७ प्रतिशतमात्र मूल्यवृद्धि भएको पाइएको छ ।

घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति पनि घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यनमा बैंकहरुले गर्ने मूल्यांकन र मालपोत कार्यालयमा लिखत पास गर्दा तोकिएको थैली रकममा फरक पाइएको छ । घरजग्गा किनबेचमा लाग्ने पुँजीगत लाभकर कम तिर्नका लागि सर्वसाधारणले आफूले कारोबार गरेको रकमभन्दा पनि कम वा सरकारी मूल्यांकनका आधारमा मात्र कारोबार गरेको देखाउने गरेका छन् । यसैगरी बैंकबाट ऋण लिनका लागि कारोबार गर्दा भने बैंकको ऋण भन्दा बढी मूल्य देखाउनुपर्ने व्यवस्थाका कारण बैंकको कारोबारका आधारमा बढी मूल्यवृद्धि भएको देखिएको हो ।

घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति जानकारी राख्नका लागि केन्द्रीय बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । आव २०७५÷०७६ लाई आधार वर्षको रूपमा लिइएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गा मूल्य सूचकांक तयारीका निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई दृष्टिगत गरी नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्यांक स्रोत केन्द्रबाट तथ्यांक संकलन गरिएको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

+ posts

सम्वन्धित समाचार

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

जाजरकोट। कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत...

आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ...

ताजा समाचार

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

जाजरकोट। कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत...

आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ...

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदै

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदैकाठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्कार एवं बुद्धिजिवीहरुको संस्थाका रुपमा चिनिन्थ्यो...

आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्तका मामाभान्जाको करामत

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले इन्साइडर ट्रेडिङ गराएका छन् । पौडेलले हकप्रद सेयर स्वीकृतिको पखाईमा रहेको शिखर इन्स्योरेन्सको सेयरमा...

लोकतन्त्र पार्टी नेपालले किन भारतलाई शत्रु राष्ट्र घोषणा गर्दै पत्र लेख्यो ? मोदीलाई लेखेको पत्रका के भनिएको छ ?

काठमाडौं । पूर्व सञ्चारकर्मी समेत रहेका अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका...