चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो । राष्ट्र बैंकले ड्राफ्ट÷टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । कोभिड–१९ महामारीको असर क्रमिकरुपमा कम हँुदै गएको, खोपको उपलब्धता बढ्दै गएकाले त्यसको प्रभाव बजारमा देखिएको छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तथा विदेशी पर्यटकको आगमनसमेत बढ्न थालेको स्पष्ट पार्दै केन्द्रीय बैंकले, विद्युत् निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेको जनाएको छ । ती तथ्यबाट आर्थिक पुनरुत्थानले गति लिने देखिएको स्पष्ट पारेको छ ।

आर्थिक पुनरुत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भइरहेको देखिने केन्द्रीय बैंकले उल्लेख गरेको छ । विपे्रषण आप्रवाह अपेक्षितरुपमा बढ्न नसकिरहेकोले वाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको जनाएको छ । चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातसमेतमा चाप पर्ने स्थिति रहेको मौद्रिक समीक्षामा चर्चा गरिएको छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसमेतले नेपालको मुद्रास्फीति बढ्ने आंकलन गरेको छ । बैंकले हालै सम्पन्न गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणसमेतमा आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने देखिएको उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको समीक्षामा उल्लेख गरिएको छ ।

“आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको छ । सो अनुसार बढ्दो कर्जा मागलाई व्यवस्थित गर्ने, साधन परिचालनको दायरा बढाउने र उत्पादनशील क्रियाकलापमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ”, समीक्षामा भनिएको छ । पछिल्लो समय शोधनान्तर स्थितिमा परेको चाप र मुद्रास्फीतिमा पर्नसक्ने दबाबलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने केन्द्रीय बैंकको नीति छ ।

+ posts

सम्वन्धित समाचार

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

जाजरकोट। कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत...

आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ...

ताजा समाचार

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

जाजरकोट। कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत...

आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ...

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदै

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदैकाठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्कार एवं बुद्धिजिवीहरुको संस्थाका रुपमा चिनिन्थ्यो...

आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्तका मामाभान्जाको करामत

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले इन्साइडर ट्रेडिङ गराएका छन् । पौडेलले हकप्रद सेयर स्वीकृतिको पखाईमा रहेको शिखर इन्स्योरेन्सको सेयरमा...

लोकतन्त्र पार्टी नेपालले किन भारतलाई शत्रु राष्ट्र घोषणा गर्दै पत्र लेख्यो ? मोदीलाई लेखेको पत्रका के भनिएको छ ?

काठमाडौं । पूर्व सञ्चारकर्मी समेत रहेका अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका...