रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्।

पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए र मतदानमा नै सहभागी नहुने घोषणा गरेका थिए।

पौडेललाई फकाउन देउवा उम्मेदवारी दर्तापछि उनको निवाससम्मै पुगेका थिए। देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए।

कांग्रेसकाे सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। वर्तमान सभापति शेरबहादुर देउवा प्रकाशमान सिंह शेखर काेइराला विमलेन्द्र निधि र कल्याण गुरुङ कांग्रेस सभापतिकाे प्रतिस्पर्धामा रहेका हुन्। आज १३४ पदका लागि चुनाव हुँदैछ।

+ posts

सम्वन्धित समाचार

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा...

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको...

ताजा समाचार

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को...

हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण...

प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।