यस्तो छ सर्वदलीय बैठकमा एमाले नजानुको कारण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

विगतमा जस्तै आफूहरु आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

उनले देश सञ्चारसँग भने, ‘माधवकुमार नेपालको पार्टी अवैधानिक हो भन्ने हाम्रो मान्यता परिवर्तन भएको छैन र यससम्बन्धमा अदालत तथा संसदले पनि निर्णय गरेको छैन । यस्तो अवस्थामा नेकपा (एकीकृत समाजवादी) सहितको बैठकमा हामी जाने कुरा हुँदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ। संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ।

+ posts

सम्वन्धित समाचार

आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन...

तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते...

ताजा समाचार

पुनःनिर्माण गरिएको वीरेन्द्र–ऐश्वर्य पार्क

काठमाडौँ । बागलुङ नगरपालिकाले रु एक करोडको लागतमा पुनःनिर्माण गरेको बागलुङ बजारमा रहेर वीरेन्द्र–ऐश्वर्य पार्क । पार्क पछिल्लो समय व्यवस्थापनको अभावमा जीर्ण...

अर्थमन्त्रीद्वारा राजीनामा : राजीनामा घोषणा गर्दै भने – ममाथि पूर्वाग्रह राखियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए ।...

तीनजान फरार प्रतिवादी पक्राउ

काठमार्डौँ । प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ, ललितपुरको टीकाथली–९ स्थायी...