नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को बिन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अङ्कले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अङ्कले ओरालो लागेर ४२९.०५ अङ्कमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बीमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बीमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४ करोड १५ लाख ९ हजार २६५ बराबरको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर ३ करोड ८७ लाख २७ हजार रहेको छ, भने नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ८५ लाख ७३ हजार ५८९, नागरिक लगानी कोष ३ करोड ६४ लाख २६ हजार ९४६ र हिमालयन डिस्टिलरी ३ करोड ५३ लाख ८३ हजार ७४३ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेको छ ।

नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् । मिथिला लघुवित्त ५.८९, विन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाएको छ ।

+ posts

सम्वन्धित समाचार

आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन...

तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते...

ताजा समाचार

आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन...

तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते...

पुनःनिर्माण गरिएको वीरेन्द्र–ऐश्वर्य पार्क

काठमाडौँ । बागलुङ नगरपालिकाले रु एक करोडको लागतमा पुनःनिर्माण गरेको बागलुङ बजारमा रहेर वीरेन्द्र–ऐश्वर्य पार्क । पार्क पछिल्लो समय व्यवस्थापनको अभावमा जीर्ण...

अर्थमन्त्रीद्वारा राजीनामा : राजीनामा घोषणा गर्दै भने – ममाथि पूर्वाग्रह राखियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए ।...

तीनजान फरार प्रतिवादी पक्राउ

काठमार्डौँ । प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ, ललितपुरको टीकाथली–९ स्थायी...