तीनजान फरार प्रतिवादी पक्राउ

काठमार्डौँ । प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ, ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेत, पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङ रहेका छन् । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । दावा तामाङले जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

यस्तै विगो सन्तोषी बस्नेतलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम १ करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो । यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो ।

+ posts

सम्वन्धित समाचार

आइतबार भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारणको मृत्यु

काठमाडौँ । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर ४ जना सैनिकको ज्यान गएको छ । चार सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा...

आजा पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले...

ताजा समाचार

साउनको चौँथो सोमबार हजारौँ भक्तजन पशुपति क्षेत्रमा

काठमाडौँ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ ।साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको...

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ । आजाको राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह...

कन्काई र विरिङ खोलाको पुल अझै बन्न सकेन, यात्रा जोखिमपूर्ण

काठमाडौँ । कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा...