एक किशोर चार दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । कास्कीको माछापुच्छे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् । शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् ।

सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताए ।

पोखरेलका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १ः०० बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताए पनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन । किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ । विद्यालयमा सञ्चालन भइरहेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो ।

प्रधानाध्यापक पोखरेलले भने, “विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्तीमगर सम्पर्कविहीन भएको जानकारी पायौँ, त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजविन गरे पनि फेला पार्न सकेका छैनौँ । खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौँ ।”

किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ । बाबुआमा सामान्य मजदुरी गरेर घर–व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्तलगायत धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला नपरे पनि परिवार चिन्तामा परेको विद्यालयले जनाएको छ ।

उनी कक्षा ४ देखि सोही विद्यालयमा अध्यनन सुरु गरेका हुन् । विद्यालय र परिवारले हराएका किशोरको खोजीका लागि आग्रह गरेको छ । किशोरलाई कोही कसैले फेला पारेमा विद्यालयका प्रअ पोखरेलको मोबाइलन नं ९८४६२३२८५८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...