एकै परिवारका तीन जना पक्राउ

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–४ पैनीटोलका ७७ वर्षीय रामगोपाल घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घिमिरेको कुटपिटबाट मृत्यु भएको भन्दै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाइएको छ । पक्राउ पर्ने एकै परिवारका श्रीमान्(श्रीमती र उनीहरूका छोरा रहेका छन् । चन्द्रपुर–५ का रामचन्द्र चौधरी, उनकी श्रीमती ४६ वर्षीया प्रमिला चौधरी र छोरा २२ वर्षीय अजय चौधरी रहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले बताए ।

गत साउन ४ गते फोहोर फालेको विषयमा घिमिरे र चौधरी परिवारबीच विवाद भएको थियो । विवादपछि चौधरी परिवारले कुटपिट गरेको घिमिरे परिवारको आरोप छ । कुटपिटपछि घाइते भएका घिमिरेको सुरुमा चन्द्रपुरस्थित सिभिल अस्पतालमा उपचार भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौं मेडिकल कलेजमा उपचारपछि उनी भदौ ३ गते डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि पुनस् समस्या बल्झिएर उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको त्यहीँ उपचारका क्रममा निधन भएको प्रहरीले बताएका छन् ।

कुटपिटबाट मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले गत आइतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । चौधरी परिवारको कुटाइबाट घिमिरेको मृत्यु भएको भन्दै अनुसन्धान अगाडि बढेको प्रहरीले बताएका छन् ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...