नेप्से परिसूचक साताको अन्तिम दिन पनि दोहोरो अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लागेको छ ।

त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लागेको छ ।
शुक्रबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ ।

कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ बराबरको कारोबार गरेको छ । यस्तै रिडी हाइड्रोपावर रु पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी रु चार करोड ७४ लाख १९ हजार सात सय ८७, नेपाल दूरसञ्चार कम्पनी ३ करोड ९० लाख ५७ हजार ८ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कम्र्पोरेशन पाँच ९५, अप्पर हेवा खोला हाइड्रोपावर पाँच दशमलव ३८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव ९८, मल्टीप्रपोज फाइनान्स कम्पनी दुई दशमलव ९८ र समिट लघुवित्तका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर चार दशमलव ८८, कालिका पावर कम्पनी चार दशमलव ३९, ग्रीन डेभलपमेन्ट बैंक तीन दशमलव ८४, रिलायन्स फाइनान्स तीन दशमलव ७९ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...