झापामा आगलागीबाट १५ लाखको क्षति

काठमाडौँ । झापामा आगलागीबाट १५ लाखको क्षति भएको छ । गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको हो ।

गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।

उहाँका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...