टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गर्दै : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गरेका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई प्रधानमन्त्री निवास बालुवाटार लगिएको छ । टुरका क्रममा नेपाल ल्याइएको ट्रफी प्रधानमन्त्री देउवालाई अवलोकन गराउन बालुवाटार लगिएको हो ।

राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका केही पदाधिकारी, ट्रफी टुरमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ट्रफीसहित बालुवाटार पुगेका थिए ।

ट्रफीलाई आजै भक्तपुरमा सार्वजनिक गरिएको थियो । ट्रफीलाई गोक्यो ताल र कालापत्थरमा लैजाने भनिए पनि हिजो र आज दुवै दिन मौसम खराब भएका कारण लैजान नसकेको नेपाल क्रिकेट संघ क्यानको भनाइ छ ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...