निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ ।

बुधबारबारदेखि सुरू भएको बयानमा ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएका छन् ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज बयानका लागि समितिमा उपस्थित भएका हुन् । 

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । 

राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी छ । 
+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...