पाकिस्तानमा रेल दुर्घटन : १९ को मृत्यु, १ हजार २५६ घाइते

काठमाडौँ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा ९ जना बालबालिका र अरु ७ महिला पनि परेका जानकारी गराइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् । बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पु¥याएको बताइएको छ ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...