प्रधानमन्त्रीद्धार पुनः निर्मित भवन उद्घाटन, क्याम्पसको पूर्वाधार विकासमा थप व्यवस्था गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त बनाएको शङ्करदेव क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गरेका छन् । व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको सो क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने देउवाले प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री देउवाले पुनः निर्मित भवन उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताए ।

“त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ”, प्रधानमन्त्री देउवाले भने । दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गरे ।

क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु¥याएका छन् भन्दै उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको छ भनेका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षामा यस क्याम्पसले इज्जत जोगाएको बताए । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै क्याम्पस प्रमुख र विश्वविद्यालयका पदाधिकारीसँग हालै मन्त्रालयमा छलफल गरिएको र यस्ता प्रयासलाई जारी राख्ने उनले जानकारी गराए । “दश जोड दुई उत्तीर्ण गरेपछि विद्यार्थीमा विदेश जाने लहर बढेको छ, विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न जानेलाई रोक्नुहुन्न तर देशमै भएको विषय अध्ययनका लागि विदेश जाने वातावरण बन्नु भनेको हाम्रो गुणस्तरमा कतै समस्या छ भन्ने सन्देश हो, शङ्करदेवजस्ता उत्कृष्ट क्याम्पसमा भारत, बङ्गलादेश, चीनलगायत देशबाट विद्यार्थी आउने वातावरण बनाउनुपर्छ”, मन्त्री पौडेलले भने ।

पहिलेदेखि नै शङ्करदेव क्याम्पसको जग्गा थोरै रहेकाले भवनको पूर्वाधार बढाउन कठिन रहेको उल्लेख गर्दै उनले मन्त्रालयले समाजकल्याण परिषद्को जग्गा दिन प्रक्रिया अघि बढाउने बताए । शिक्षा, स्वास्थ्य र रोजगार संविधानको मौलिक हकमा व्यवस्था गरिएकाले पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले विश्वविद्यालयका समस्या वार्ताकै माध्यमबाट समाधान गर्न पनि जोड दिए ।

क्याम्पस प्रमुख प्रा डा केशवराज जोशीले तोकिएको कोटाभन्दा ३० गुणाबढी विद्यार्थी पढ्न आउने गरेकाले ठाउँको अभाव हुने गरेको बताए । क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति शुभराम बस्नेतले यस क्याम्पसलाई विषयगत विश्वविद्यालयका रुपमा स्थापित गर्न माग गरेका छन् ।

क्याम्पसअघि रहेको समाज कल्याण परिषद्को आठ रोपनी जग्गा थप भवन बनाउन क्याम्पसका नाममा ल्याउने प्रक्रिया सुरु गर्न पनि उनले माग गरेको थियो । क्याम्पस पूर्वविद्यार्थी समाजका अध्यक्ष राजीव थापाले क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...