प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि थिए ।

विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य थिए । उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए ।

उनले समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गरेका थिए । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्यमहरुमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त गरिएको थियो ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...