एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेभएको छ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्रा खेप र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् ।

गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरिसकेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो । करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ ।

प्रतियोगिताको एक महिना अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ गतदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेश परिषद्का सदस्य सचिव तेजबहादुुर गुरुङले बताए ।

गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्यूड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सदस्य सचिव गुरुङले भने, “हामीले पदकको बढी आस गरेका खेलका खेलाडीलाई हाइअल्टिच्यूडमा ट्रेनिङ गराउनेछौँ, यसबाट खेलाडीको आत्मबल र इस्टामिना बढाउने छ, मनाङको प्रशिक्षणपछि पोखरामा खेल्दा नतिजा राम्रो गर्न सघाउ पुग्ने आकलन छ ।”

सदस्य सचिव गुरुङले सरकारले खेलाडीलाई तोकेको दैनिक खर्चले मनाङमा अभ्यास गर्न अपुग हुने भएकाले त्यस क्षेत्रका होटल व्यवसायी लगायतसँग पनि सहयोगको आग्रह गरिएको बताए । प्रदेश खेलकुदले जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि रु सात करोड ८५ लाख खर्च हुने अनुमान रहेको बताए । तयारीका लागि हालसम्म राखेपबाट रु ४९ लाख र प्रदेश सरकारबाट ३ करोड ४६ लाख निकासा भएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा प्रतियोगिताको तयारी स्वरुप खेलस्थलको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको छ । राष्ट्रियमा ३६ र २ प्रदर्शनी गरी ३८ खेल सञ्चालन हुने निर्णय राखेपले गरिसकेको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले एक÷दुई खेल बाहेक सबै खेलको स्थल टुङ्गो लागि सके पनि प्राविधिकले अन्तिम निर्णय गरेपछि सार्वजनिक गरिने बताए । 
+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...