अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो ।

पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा समानुपातिकतर्फ अनुराधाकुमारी स्वाँर, मोतिलाल बोहरा, डम्मर सुनार, मोहमद अक्रामुल शेख, शान्ता कुँवर, लक्ष्मी शाह र सुरेन्द्र खड्काको नाम सिफारिस गरिएको छ । 

यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाही तथा समानुपातिकतर्फ क्षेत्र नं २ बाट देवराज देवकोटा, विनोदकुमार थापा, बिपी रेग्मी, अक्कलबहादुर विष्ट, टेकबहादुर विक, अम्बिकुमारी थापा र  सुनिता थापाको नाम सिफारिस गरिएको छ । 

यसैगरी क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ २० जनाको नाम सिफारिस गरिएको छ ।  क्षेत्र नं १ ‘ख’बाट प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘क’बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘ख’बाट प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको सचिव शाहले जानकारी दिएका छन् ।   
+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...