कमल खनालको गीति बाकस सार्वजनिक

काठमाडौँ । गायक एवं सर्जक कमल खनालले नयाँ गीति कहानी सार्वजनिक गरेका छन् । बालगायक गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीत सार्वजनिक गरेका हुन् । खनाल स्वयंमको शब्द एवं सङ्गीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको रहेको छ । सो गीतमा विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरूसमेत समेटिएको छ । भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गरेका छन् ।

भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेक छन् । दिनेश विष्टको छायाङ्कन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...