एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा ९एमाले०ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।

नेकपा ९माओवादी केन्द्र०ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित छ उम्मेदवार सिफारिस निर्णय गरेको छ । सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहनुभएको छ । यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिसको निर्णय गरेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।

यसैगरी, जिल्लास्थित माओवादी केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आइतबारदेखि छलफलमा जुटेको छ ।  उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताउनुभयो । 

पार्टीका क्षेत्रीय कमिटीले छलफलमा माध्यमबाट जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका नाम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा प्रत्येक क्षेत्रमा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन÷तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । रासस

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...