चीनमा अड्किएका सामान आयात हुदै

काठमाडौं । नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ। नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत स्थानका गोदाममा थन्किएका र बाटामा रोकिएका छन्। कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगको रसुवागढी र तातोपानी नाका बन्द गरेका कारण लामो समयदेखि सामग्री आयात हुन सकेको छैन।

नेपाल–चीन व्यापार गर्दै आएका धर्म पौडेलका अनुसार त्यहाँ रहेका एजेन्ट र ट्रान्सपोर्टले यससम्बन्धी जानकारी दिएका हुन्। ‘चीनको सरकारी निकायसँग हाम्रो कुराकानी भएको होइन। त्यहाँ रहेका एजेन्ट तथा ट्रान्सपोर्टसँग हाम्रो कुराकानी भइरहेको छ’, पौडेलले भने, ‘उनीहरूले दिएका जानकारीअनुसार यही साता सामग्री आउने सम्भावना छ।’

बाटोमा रोकिएकाबाहेक अरू सामग्री जलमार्ग हुँदै ल्याइरहेको उनले बताए। उनका अनुसार चीनमा अडकएका दसैंका सामग्री यही साता आउन सुरु हुने सम्भावना छ। लत्ताकपडा, विद्युतीय सामग्री, जुत्ताचप्पललगायत सामाना रोकिएको छ। पछिल्लो समय स्याउ, अदुवा, लसुनलगायत सामग्री रसुवागढी नाकाबाट आउन छाडेको छ।

रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम मैनालीले चिनियाँ पक्षले अडकएका सामग्री पठाउने तयारी गरेको बताए। ‘हामीलाई औपचारिक जानकारी आएको छैन। तर, अड्किएका सामग्री मात्र पठाउने तयारी गरेको अनौपचारिक रूपमा सुन्नमा आएको छ’, मैनालीले भने। चीनले नाका बन्द गर्दा पनि औपचारिक जानकारी नदिएको मैनालीले बताए।

कोभिड–१९ सुरु भएयता रसुवागढी र तातोपानी नाका ‘वान वे’ सञ्चालन हुँदै आएको छ। दुई वर्षदेखि नै नाका पूर्णरूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हुँदै आएको छ। रसुवागढी नाकाबाट केही अघिसम्म दैनिक १४ वटा चिनियाँ गाडीले सामग्री आयात गर्दै आएका थिए। तर, पछिल्लो समय ठप्प छ।

नाका बन्द हुनुअघि तातोपानी नाकाबाट दैनिक दुइटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका थिए। भूकम्प जानुअघिसम्म तातोपानी नाकाबाट आयात तथा निर्यात ठूलो परिमाणमा हुने गरेको थियो। तातोपानी नाका बन्द भएपछि मात्र रसुवागढीबाट नियमित कारोबार सुरु भएको थियो। कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको थियो।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ताचप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। अन्नपूर्णपोष्टबाट

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...