नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तिन पक्राउ

काठमाडौं । काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका ९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका ४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका ४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै ती फोटो स्टुडियोहरुबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको प्रहरीले बताएका छन् ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...