प्रतिष्ठान घटनाः उच्चस्तरीय छानविन समिति गठन गर्न माग

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।

प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटनाको यथाशीघ्र छानविन आवश्यक रहेको बताए ।

कर्णाली प्रदेश सरकारका पूर्व कानुनमन्त्रीसमेत रहेका भण्डारीले पिछडिएको क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा दिने र अनुसन्धान गर्ने उद्देश्यले स्थापित मुलुककै गौरवपूर्ण संस्थाको भविष्यमा प्रतिकूल प्रभाव पार्ने कार्यमा जतिसक्दो छिटो बिराम लगाउन अनुरोध गरेको छ ।

उनले समस्याको अविलम्ब निवारणका लागि एक उच्चस्तरीय छानविन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालालाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा फर्कनसमेत अपिल गरेको छ ।

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा मेडिकल अधिकृत साहले छ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरेको भन्दै उनका बुवा धनबहादुर शाहीले हातपात गरेको घटनाले यतिबेला चरम रूप लिएको छ । शाही प्रतिष्ठानमै कार्यरत प्रशासनतर्फका कर्मचारी हुन् । प्रहरीले उहाँलाई २१ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...