महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुई १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

महारानी एलिजाबेथले जीवनमा थुप्रै उतारचढाव सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।

एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षमै राजगद्दी आरोहण गरेकी थिइन् । त्यतिबेला दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयासमा थियो ।

करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।

सन् १९९६ मा चार्ल्स र डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो । त्यसको अर्को वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए । डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायम राख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् ।

राजकुमारहरू विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।

सन् १९६१ मा नेपाल भ्रमणमा आएका बेला चितवन निकुञ्जमा हात्ती सफारी गर्दै बेलायती महारानी एलिजाबेथ द्वितीय । तस्बिर स् गेट्टी इमेज

तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।

महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए । त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् ।

उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो । कान्तिपुरबाट

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...