रुपन्देहीमा दुुईवटा ट्रक सहित चिनी बरामद

काठमाडौँ । बिलमा चामल देखाएर चिनीको ढुवानी गरेको अवस्थामा रुपन्देहीमा दुुईवटा ट्रक सहित ठुला मात्रामा चिनी बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राएर नवलपरासीमा गोदाम गरी दाङतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीबाट चिनी र चामल बरामद गरेको हो । उक्त समानको दुई वटा ट्रकसहित १ करोड ३८ लाख पाँच सय मुल्याङकन् गरिएको छ ।

ना ४ ख ४१२९ नम्बरको ट्रकबाट ६ सय ३८ बोरा चिनी र ना ३ ख ६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद भएको हो । ६ सय ३८ बोरा चिनी लोड गरिएको ट्रकमा बिल भने चामलको रहेको थियो । उक्त ट्रक लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना स्थित हुलाकी सडक खण्डतर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले जानकारी दिए । ट्रकका चालक प्युठानको माण्डबी गाउँपालिका–३, नयाँ गाउँ बस्ने २४ वर्षीय विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ ।

लुम्बिनीबाट नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाएको छ । यस्तै, चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । ओमसतिया गाउँपालिका ४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा पूर्वबाट भैरहवातर्फ आउँदै गरेको ना ३ ख ६३२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको थियो । चालक भने फरार छन् ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...