दार्चुलामा बाढीको बितण्डा : डेढ दर्जन घर बगे, एक जनाको उद्धार

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल बर्षाले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा क्षति गरेको छ। बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको हो।

बाढीले करिब डेढ दर्जन घरहरू बगाएको छ। कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्रमा जोखिम बढेको छ। बाढीले दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ।

लास्कु खोलाको बीचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्धार गरेका छन्। घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। अन्नपूर्णपोष्टबाट

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...