राससद्वारा ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन

काठमाडौँ । राष्ट्रिय समाचार समितिले आजदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्ने छन् । ।

यसैगरी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ‘श्रव्यदृश्य पत्रकारिता र डिजिटल प्लेटफर्म’, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले ‘श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्व तथा स्क्रिप्ट लेखन अवधारणा’ र पत्रकार तथा प्रशिक्षक महाप्रसाद लामिछानेले ‘श्रव्यदृश्य पत्रकारिताका सन्दर्भमा उपकरणको प्रयोगमा ध्यान दिनुपर्ने विषय’ मा प्रशिक्षण दिइने छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले तालिमको शुभारम्भ गर्दै राससले भिडियो सेवा सुरु गर्दैगर्दा विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्छ भने । उनले भने, “भिडियो सेवासँगै राससले आफूलाई परिमार्जन गरी अझै विश्वसनीय र प्रविधिको तीव्र विकासलाई आत्मसात गर्नुपर्छ ।”

राससका कार्यकारी अध्यक्ष झाले राससको भिडियो सेवालाई अग्रणी सेवाका रूपमा विकासित गरिने जानकारी दिए । अनलाइनको लागि भिडियो सेवा लक्षित छ । सूचना प्रविधिलाई राससले आत्मसात गर्ने छ, श्रव्यदृश्य सेवालाई द्रूत र विश्वसनीयरूपमा अगाडि बढाउने छ ।” विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले राससको भिडियो सेवालाई आम सेवाग्राहीको चाहनाअनुरुप अगाडि बढाउन आग्रह गरेका छन् ।

राससका महाप्रबन्धक सिद्धराज राईले तालिममा श्रव्यदृश्यको प्रभावकारिता, यसका चुनौती, भाषाशैली, प्रविधिको प्रयोगलगायतका विषयमा छलफल गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक लामिछानेले राससको श्रव्यदृश्यको प्रभावकारिताबारे चर्चा गरे ।

राससले गत साउन १ गतेदेखि औपचारिकरूपमा श्रव्यदृश्य भिडियो सेवा सञ्चालनमा ल्याएको थियो । राससको समाचार सेवा सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रूपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो । यसका संस्थापकमा पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धर थिए ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...