तीन वर्षमा ३३ प्रतिशत काम

काठमाडौँ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत रु ४१ करोड ६२ लाख लागतमा रङ्गशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।

ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको ५ महिनासम्ममा पनि जम्मा ३३ प्रतिशत मात्र काम भएको सार्वजानिक निर्माण कार्यान्वयन इकाइ भैँसेपाटीका प्रमुख डा चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए । खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रङ्गशालाको काम साढे दुई वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो ।

रङ्गशालाको पूर्वपश्चिम र उत्तरतर्फ दर्शक बस्ने ‘प्याराफिट’, ‘स्टेयर्स’, ‘सब्टिचुसेन एरिया’, सञ्चार क्षेत्र, ‘चेञ्जिङ रुम’, ‘फिजियोथेरापी रुम’, ‘रेफ्री रुम’ र ‘भिआइपी’ व्यक्तिका लागि विशेष रुम निर्माण गर्ने योजनारहेको छ । ठेकेदारले ढिलासुस्तीका कारण निर्माणको काम लम्बिएको प्रमुख लुइँटेलले बताए ।

रङ्गशालाको हालसम्म ६ वटा प्याराफिटमा दुई निर्माणको चरणमा छ भने तीन वटा ‘प्याराफिट’को काम सुरु नै भएको छैन । प्रदेश सरकारले ६ हजार ५ सय दर्शक क्षमता भएको रङ्गशाला निर्माण गर्न लागेको हो । रङ्गशाला निर्माणका लागि टक्सार, शान्तिदेवी जेभीले ठेक्का पाएको छ ।

समयमै रङ्गशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताएका छन् । उनका अनुसार निर्माणका क्रममा निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले समयमै ठेकेदारले काम सम्पन्न गर्दा खेलकुद गतिविधि आयोजनामा समस्या भएको गुनासो गरेका छन् यसअघि जिल्लास्तरका खेलकुद यही खेल मैदानमा हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, “अहिले केही खेलकुद गर्नुपरे लामोसाँघु पुग्नुपर्छ ।”

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...