तामाङ १६ वर्षपछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो ।

साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिएका छन् ।

प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो । जिल्ला अदालतको आदोअनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताएका छन् ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...