महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने फुलकोर्टको निर्णय

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालततका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्।

सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्। ुमहाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीशले बयानका क्रममा कतिपय न्यायाधीशरुको नामसते मुछेकाले हाम्रो ध्यानाकर्षण भएको छ। आज हामी बैठक बसेर महाभियोग सिफारिस समितिले बोलाए पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छौं,ु सर्वोच्चका एक न्यायाधीशले अन्नपूर्णसँग भने।

महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि ९बिहीबार० ८स्३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही सम्बन्धमा समितिलाई पत्र लेख्दै अदालतको पूर्ण बैठककबाट उपस्थित हुन नमिल्ने जानकारी गराएको हो।

ुसो सम्बन्धमा ुमहाभियोगसम्बन्धी कारबाही पक्रिया सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल(जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरु समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोरा जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने, कामु मुख्य राजिष्ट्रार नारायणप्रसाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। अन्नपूर्णपोष्टबाट

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...