साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो ।

जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।

खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । खेलको ३९ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको छ ।

भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६३ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई हराएको थियो । सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...