दुई निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ । सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको छ । सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु, मल्ल जेभी तथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा लिएको सिरुवा, कबिर, सुनकोसी जेभी काठमाडौँसँग ठेक्का सम्झौता तोडेको हो ।

सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इञ्जीनियर तुलाराम शर्माले सम्झौताअनुसार म्याद थप भइसक्दासमेत निर्माणकार्य सम्पन्न गर्नतर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माणकार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, ५९, को उपदफा ७ र ठेक्का सम्झौतामा भएको व्यवस्थाबमोजिम ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माण नहुँदा बराहताल गाउँपालिकाका चार वडाका साथै बर्दिया, कैलालीलगायतका जिल्लाबाट सुर्खेत आउन सास्ती भोग्नुपरेको छ । बर्दिया–सुर्खेत जोड्ने यो छोटो दूरी हो । तर यहाँ पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दूरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ ।

सडक डिभिजन सुर्खेत र पप्पु, मल्ल जेभीबीच विसं २०६९ असार २९ गते रानीघाट पुल निर्माण सम्झौता भएको थियो । १४ करोड २९ लाख ८९ हजार लागत रहेको उक्त पुल निर्माणको सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कम्पनीले कार्यादेश पाएको थियो ।

कम्पनीले तीनवटा पिलर उठाएर निर्माणकार्य अलपत्र छाडेको थियो । निर्माण कम्पनीले प्राविधिक डिजाइनमा त्रुटि रहेको औँल्याउँदै कडा चट्टान रहेकाले काम गर्न नसकेको बताउँदै आएको थियो ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...