नेपाललाई समृद्ध मुलुकको रूपमा दक्षिण एसियामा चिनाउने प्रतिबद्धता : प्रविधिमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूरसञ्चार प्राधिकरणको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम एमडिएमएसको उद्घाटन गरेका छन् । उनले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानको रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार ललितपुरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्का जस्तो हुनै नसक्ने दाबी समेत गरे । केही व्यक्तिले मुलुकको अर्थतन्त्र श्रीलङ्काको हालतमा अघि बढेको भन्दै भ्रम सिर्जना गरिरहेको तर त्यस्तो हुनै नसक्ने भनाइ मन्त्री कार्कीको छ ।

आगामी निर्वाचनबारे चर्चा गदै मन्त्री कार्कीले भने, ‘‘हामी निर्वाचनको सङ्घारमा छौँ । जनतालाई केवल मत माग्ने र मत दिने एउटा मेसिनको रूपमा नलिऔँ । अब समुन्नत नेपाल, समृद्ध नेपाली र १० वर्ष भित्रमा दक्षिण एसियामा समृद्ध मुलुकको रूपमा नेपाललाई चिनाउने अभियानको रूपमा हामी निर्वाचनमा हामी जनता सामु जानु पर्दछ । जनताबाट अनुमोदित भएर त्यस दिशामा देशलाई निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ ।’’

नेपालको अर्थतन्त्रको हालत श्रीलङ्काको जस्तो हुँदै छ भनेर । हामी सचेत हुन जरुरी थियो । मैले धेरै सार्वजनिक फोरमहरुमा भनेको छु, हाम्रो अवस्था श्रीलङ्काको जस्तो हुँदैन । हुन दिनु पनि हुँदैन । हामीसँग धेरै सम्भावना छन् । ती सम्भावनालाई अवसरको रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प नभएको मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पनि पटकपटक दोहोर्‍याए । उनले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम’ मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उल्लेख गदै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...