संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

काठमाडौँ । संविधान दिवस २०७९ को पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज बिहान काठमाडौंमा पदयात्रा सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट पदयात्रा गर्दै वसन्तपुरमा गएर कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने बताएका छन् ।

कैयौं सङ्घर्ष, बलिदानी र अथक प्रयासबाट प्राप्त संविधानको रक्षामा सबै नेपालीलाई जुट्न उनले आग्रह गरे । लोकतन्त्र, राष्ट्रियता र नेपालको अखण्डताका लागि गोलबद्ध हुन अध्यक्ष ओलीले देश विदेशमा रहेका सबै नेपालीमा आव्हान समेत गरे ।

एमालेका अध्यक्षसहित पार्टीका शीर्ष नेताहरुसहितको पदयात्रामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले नेपालको झण्डा, चुच्चे नक्सा तथा व्यानर लिएर प्रदर्शन गरेका थिए ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशको लोकतन्त्र, मुलुकको स्वाधीनता, संविधानको रक्षा, सुशासन, देशको समृद्धि तथा राष्ट्रिय स्वाभिमान हार्न नहुने अध्यक्ष ओलीले चर्चा गरे । २०७२ असोज ३ गते देशमा नयाँ संविधान जारी भएको थियो ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...