नवौं राष्ट्रिय रनिङ ट्रफी सुदूरपश्चिममा

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ। बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो।

ट्रफीलाई अन्य पाँच प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपीएफको मुख्यालयमा प्रदर्शनका लागि राखिनेछ भने त्यसपछि नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा पुर्‍याइने छ।

ट्रफी आइतबार लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टर र गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा प्रदर्शनमा राखिनेछ। यस्तै सोमबार बागमती प्रदेशको हेटौडा, असोज ७ गते नेपाली सेना मुख्यालय जंगी अड्डा, असोज ८ गते प्रदेश १ को राजधानी विराटनगर, असोज ९ गते नेपाल प्रहरीको मुख्यालय नक्साल र सशस्त्र प्रहरीको मुख्यालय हलचोक पुर्‍याइने छ।

असोज ११ गते कर्णालीको सुर्खेत, असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर र २३ गते गण्डकी प्रदेशको पोखरा पु¥याउने छ। ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रनिङ ट्रफी टुर कार्यदल गठन गरिएको छ। कार्यदलका सदस्यहरूमा पारस खड्का, दीपक श्रेष्ठ, मीरा राई र अरुणा शाही छन्।

करिव १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको रनिङ ट्रफी बनाइएको हो। लगातार तीन संस्करणमा शीर्ष स्थानमा रहने टोलीले यो ट्रफी आफूसँग राख्न पाउनेछन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक सिंह, सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...