कारबाहीमा अल–सेबाबका ४३ लडाका मारिए

काठमाडौँ । मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको छ ।

सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । अल–सेबाबका लडाकाले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा यहाँको सेनाले गएराति हवाई कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा शनिबार राति ती लडाका मारिएका यहाँको राष्ट्रिय रेडियो, एसएनएले जानकारी दिएको छ ।

एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–सेबाबका लडाकाहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना यहाँको सूचना मन्त्रालयले प्राप्त गरेपछि यहाँको सेनाले सो आक्रमण गरी कारबाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाका मारिएको बताइएको छ ।

त्यस कारबाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाका घाइते भएका पनि बताइएको छ । सरकारले आतङ्ककारी घोषणा गरेको सो अल सेबाब समूहका विरुद्धमा सोमालियाको सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारबाही थालेको छ ।

सो कारबाही सेनाले यहाँका केही सामुदायिक समूहहरुसँग मिलेर गरेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल सेबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...