चोरीको मोटरसाइकल सहित एक पक्राउ

काठमाडौँ । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका १ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ रहेका छन् । उनलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका ६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।

बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२(०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

+ posts

सम्वन्धित समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...

चौरजहारीलगायतका आसपासको क्षेत्र

काठमाडौँ । जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र । मध्य पहाडी लोकमार्गसँग जोडिएका...

सुनको मूल्य २ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावला सुनको मूल्य तोलामा २ सयले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...